गरिखान देऊ भन्दै मेयर साहविरुद्ध प्रदर्शन [तस्बिरहरू]

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध महानगरपालिकाको कार्यालयअगाडि विरोध प्रदर्शन भएको छ।

ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै ‘इनफ इज इनफ’ले मेयर शाहविरुद्ध प्रदर्शन गरेको हो। महानगरमा जीविकोपार्जन गर्न थोरै आयस्रोतका लागि साना व्यापार गर्नेहरूसँग भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको अभियानका सयल श्रेष्ठले बताए।

महानगरपालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई लुटेको उनको आरोप छ। ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भनी गीत गाउने मेयर साहलाई आज आफ्नै गीतले गिज्याइरहेको उनले बताए।

त्यस्तै, प्रदर्शनमा सहभागी सौरभ न्यौपानेले फुटपाथ व्यवस्थापनबारे मेयर साहले निर्वाचनको वेला दिएको आश्वासन पूरा गर्न नसकेको बताए। मेयरले निर्वाचनको वेला बोलेको कुरा बिर्सिएकाले उनलाई सम्झाउन भेला भएको उनको भनाइ छ।

सुझावित समाचार