सभामुख घिमिरेद्वारा दाहालको निधनमा दु:ख व्यक्त

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीपत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।     
  
 

सुझावित समाचार