कार्यसूचीमा कुरा नमिल्दा प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको छ। एमालेले अस्तिकै कार्यसूची हुबहु आएको भनेर आपत्ति जनाएपछि आज ३ बजे बस्ने भनिएको बैठकमा ढिलाइ भएको हो।
अहिले नयाँ कार्यसूचीमा के–के राख्ने भन्ने विषयमा छलफल भइरहेको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका छन्। आजको बैठकमा प्रधानमन्त्रीले आत्मालोचनासहित आफ्नो विवादित अभिव्यक्ति सच्याउने र प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा दुःख व्यक्त गर्ने शीर्ष तीन नेताको सहमति छ।