मिटरब्याजीपीडितसँग वार्ताका लागि गृहमन्त्री धर्नास्थल जाने

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीपीडितसँग वार्ता गर्ने भएका छन्। पीडितहरूसँग वार्ताका लागि गृहमन्त्री साढे ३ बजे धर्नास्थल बानेश्वर जाने तयारी भएको बताइएको छ।

मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएपछि पीडितहरू संघीय संसद् भवन घेराउ गर्न बानेश्वर पुगेर धर्ना दिइरहेका छन्।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट १८ वटा बसमा चढेर करिब एक हजार पाँच सय पीडित शनिबार काठमाडौं आएका थिए। देशका अन्य जिल्लाहरूबाट समेत माइतीघरमा जम्मा भई मार्चसहित नयाँ बानेश्वर पुगेर पीडितहरूले प्रदर्शन गरिरहेका छन्।

सुझावित समाचार