प्रतिनिधिसभाको बैठक पनि स्थगित

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण
प्रतिनिधिसभाको बैठक पनि स्थगित

फाइल तस्बिर

प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरी सोमबार ३ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जनाएको छ।

यसअघि आज दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहपछि दुई घन्टा पछि सारिएको थियो। शीर्ष तहमा भएको सहमतिबाट एमाले पछि हटेपछि बैठक पुनः सोमबारसम्मलाई स्थगित गरिएको नेताहरूले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधपछि आजको राष्ट्रिय सभाको बैठक पनि सोमबार बस्ने गरी स्थगित गरिएको थियो।

सुझावित समाचार