एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक आज पनि स्थगित

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण
एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक आज पनि स्थगित

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि बैठक अवरुद्ध गरेको हो।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो। बैठक सुरु हुनेबित्तिकै एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध कायमै रहने बताएकी थिइन्।

एमालेको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित गरेर सोमबार बिहान ११ः०१ बजेका लागि अर्को बैठक बोलाइएको छ।

सुझावित समाचार