सिटिजन्स बैंकका कार्डवाहकले युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।