सरकारमा रहेर काम गर्न नसके ०८४ मा कांग्रेसले चुनाव जित्दैन : प्रदीप पौडेल

शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारमा रहेर कांग्रेसका मन्त्रीहरूले राम्रा काम गर्न नसके २०८४ सालमा जुन पार्टीसँग मिले पनि निर्वाचन जित्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिन सके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरूसँग कांग्रेस डराउनुनपर्ने उनको भनाइ थियो।

‘हामी जुनजुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छौँ, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिन सक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नुपर्दैन, एक्लै चुनाव जितिन्छ। कसैसँग डराउनुपर्दैन,’ उनले भने।

नेता पौडेलले रिस उठ्दैमा सामाजिक सञ्जालमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे। चुनावका वेला प्रतिस्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लैजाने गरेके भन्दै उनले आफ्नो प्रमाण आफैँ पेस नगर्न सचेत गराए।

सुझावित समाचार