डोटीमा घर भत्किँदा महिलाको मृत्यु

शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण

डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो।

प्रहरी नायब निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए।

See More On

सुझावित समाचार