विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएकाे छ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो।

प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो। नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुंग्याएको थियो। 

विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए। नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

सुझावित समाचार