मेलम्ची खोलामा छोडियो माछाको भुरा

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

हेलम्बु गाउँपालिकाले मेलम्ची खोलामा माछाका भुरा छोडेको छ। अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार मेलम्ची खोलामा पहिलो चरणमा ९० हजार माछाका भूरा छोडिएको छ।

‘हामीले अहिले ९० हजार माछाका भुरा छोडेका छौँ,’ शेर्पाले भने। प्रकृतिको पर्यावरण संरक्षण गर्न खोलामा माछा हालेको उनले जनाए।

हेलम्बु गाउँपालिका कार्यपालिकाको बैठकले खोलाको प्राकृतिक अस्तित्व फर्काउन माछालगायत नदीजन्य जीव हाल्ने निर्णय गरेको थियो। 

माछाका भुरा तराईबाट ल्याइएको हो। सुरुमा पाँच लाखको भुरा ल्याएको हो। खोलामा पाहा, भ्यागुता र अन्य ससाना जीव पनि हालिने अध्यक्ष शेर्पाले बताए। भेमाथाङमुनि मेलम्ची घ्याङदेखि तालामाराङ क्षेत्रसम्म भुरा हालिने पालिकाको योजना छ। 
 

सुझावित समाचार