कोसीका मुख्यमन्त्री थापाले लिए शपथ

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

कोसी प्रदेशका पाँचौँ मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन। बिहीबार अपराह्न पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापालाई कोसी प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार  बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

शपथग्रहणसँगै नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धनमा रहेको एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् । गठबन्धनमा रहेको मुख्य सारथि दल माओवादी केन्द्रबाट भने कोही मन्त्री नियुक्त भएका छैनन् । 

यता दोस्रो कार्यकालमा ६ महिना नेतृत्व गरेर विश्वासको मत गुमाएपछि प्रतिपक्षमा पुगेका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । शपथग्रहण कार्यक्रममा एमाले दलको तर्फबाट कोही पनि सहभागी भएनन् । 

सुझावित समाचार