कामना सेवा र ब्लु बर्ड इन्टरनेसनल क्लिनिकबीच सम्झौता

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेसनल क्लिनिकबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअनुसार कामना सेवा विकास बैंकका ग्राहकले त्रिपुरेश्वरस्थित ब्लु बर्ड इन्टरनेसनल क्लिनिकमा डाक्टर परामर्श शुल्कबाहेक अन्य सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । 

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 

सुझावित समाचार