राजस्वको लक्ष्य पूरा गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।

बुधबार आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उनले आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न निर्देशन दिएका हुन्। 

उनले भने, ‘सेवाग्राहीमाझ सहज रूपमा प्रस्तुत हुन्, व्यक्तिगत फाइदा नहेर्नु। कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ, त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस्।’

उनले अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको स्रोत जुटाउने भएकाे बताउँदै भने, ‘हाम्रो तलबभत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौँ। अर्थतन्त्रले गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ। बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ।’

सुझावित समाचार