३ प्रश्न

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

३२ वर्षदेखि चिकित्सकको दरबन्दी किन नथपिएको होला ?
चिकित्सकको दरबन्दी थप्न सबैभन्दा पहिले योजना आयोगसमेतको सहभागितामा ओएनएम गर्नुपर्छ । देशभर कहाँ कति चिकित्सकको दरबन्दी आवश्यक छ भन्ने निक्र्योल गर्न ओएनएम गरेर अनुपात निकाल्नुपर्छ । यो निकाल्न खासै कठिन र लामो समय लाग्ने त होइन । तैपनि, अहिले सय बेडभन्दा कमका अस्पतालको जिम्मेवारी प्रदेश र स्थानीय तहमा गएकाले तिनको ओएनएम प्रदेश र स्थानीय स्तरबाटै गरिनुपर्छ । सयभन्दा बढी बेड भएका अस्पतालको चाहिँ केन्द्रले गर्नुपर्छ ।  

अहिलेको जनसंख्यालाई हाल कार्यरत चिकित्सकबाटै भरपर्दो स्वास्थ्य सेवा दिन कति सम्भव छ ?
त्यस्तो सम्भावना बिल्कुलै छैन । अहिले देशका दूरदराजका अस्पतालमा दरबन्दी भए पनि त्यहाँ चिकित्सक पुग्दैनन् या पुगे पनि त्यहाँ टिक्दैनन् । सबैजसो चिकित्सकले राजधानी काठमाडौं या ठुला सहरकेन्द्रित भएर सेवा दिइरहेका छन् । यसले गर्दा भएकै चिकित्सकको पनि अनुपात मिलेको छैन । सहरी क्षेत्रमा निजी स्वास्थ्य संस्था र क्लिनिकहरूका कारण बिरामीलाई सेवा दिन सम्भव भए पनि दुर्गममा चाहिँ यो सम्भव छैन । 

चिकित्सकको दरबन्दी बढाउन हाम्रो राज्यलाई केले रोकिरहेको छ ?
यसो हुनुका दुइटा कारण हुन सक्छन् । पहिलो, दरबन्दी बढ्नासाथ हाम्रो जस्तो साधन स्रोतको कमी भएको देशमा आर्थिक भार थपिन्छ । दोस्रो, दरबन्दी थप गरेकै अवस्थामा पनि दुर्गम ग्रामीण क्षेत्रमा दरबन्दीअनुसार चिकित्सक नजाने र सहरमै थुप्रिने अवस्था आउन सक्छ । त्यसैले, कहाँ कुन स्तरका कति जनशक्ति आवश्यक छन्, तिनको ओएनएम गरेर मात्र दरबन्दी थप्नुपर्छ । 

सुझावित समाचार