काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले सहसचिव उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै ३ असारदेखि रिक्त रहेको सचिव पदका लागि सोमबार बढुवा समितिले उपाध्यायसँगै लक्ष्मी बस्नेत र दिनेश घिमिरेको नाम सिफारिस गरेको थियो।
बस्नेत महिला तथा बालबालिका मन्त्रालय र घिमिरे छेन्दु महावाणिज्य दूतावासमा कार्यरत छन्।