नेपालले दिएको दुई सय ६९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले छैटौँ विकेट गुमाएको छ। टिमले दुई सय रन पूरा गरेपछि थप आक्रामक भएर खेलेका कर्टिश क्याम्फेरलाई करनले भीम सार्कीको मद्दतमा बाउन्ड्री लाइनबाट पेभेलियन पठाए। करणको यो तेस्रो विकेट हो।
२६औँ ओभरमा एक सय ३४ रनको अवस्थामा पाँचौँ विकेट गुमाएपछि दबाबमा परेको आयरल्यान्डलाई कर्टिशले र जर्ज डोकरेलसँग मिलेर मजबुद अवस्थामा पुर्याइसकेका छन्। यी दुईबीच ८४ रनको साझेदारी भइसकेका वेला करनले साझेदारी तोडेर खेलमा नेपाललाई फर्काएका छन्।
ताजा अवस्थामा आयरल्यान्डले ४१ ओभरमा ६ विकेट गुमाएर दुई सय २० रन बनाएको छ। अब उसलाई खेल जित्न ५२ बलमा ४९ रन चाहिएको छ।