राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सातवटै प्रदेशमा पार्टी उपाध्यक्षहरूलाई संयोजक तोकेका छन् । ‘नवीन राप्रपा– २०८०’ कार्यक्रमको कार्ययोजना कार्यान्वयन गर्न अध्यक्ष लिङ्देनले प्रदेश संयोजक तोकेका हुन्।
पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा–२०८०’ कार्ययोजना कार्यान्वयन गर्न अध्यक्षले सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
कोसी प्रदेश संयोजकमा उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती संयोजकमा उपाध्यक्ष बिक्रम पाण्डे तोकिएका छन्।
यसैगरी, गण्डकीमा उपाध्यक्ष ध्रुवबहादुर प्रधान, लुम्बिनीमा उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णालीमा उपाध्यक्ष मुकुन्दश्याम गिरी र सुदूरपश्चिममा उपाध्यक्ष उद्धव पौडेललाई संयोजक तोकिएको छ।