नेप्से १२ अंकले बढे पनि ह्वात्तै घट्याे कारोबार रकम

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

साताको दुई कारोबार दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से १२.७३ अंकले बढेर दुई हजार ८८.७० बिन्दुमा कायम भएको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.२८ अंक, फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले बढेको छ।

२८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। मंगलबार कारोबार रकममा ह्वात्तै गिरावट आएको छ। सोमबार चार अर्ब ५ करोड १० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज नेप्सेका सबै उपसमूहको परिसूचक बढेको छ। होटेल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ। आज सिटी होटेल लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

सुझावित समाचार