सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा थप पाँच शाखाहरू सञ्चालनमा ल्याएको छ।
कोसी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा एकसाथ पाँच शाखा संचालनमा ल्याएको हो। योसँगै बैंकको शाखा संख्या १८८ पुगेको छ।
सुविधा सम्पन्न यस शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।