अमेरिकन प्रविधिको ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामग्री बजारमा

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

डर्मा कस्मेटिक्स र ट्रु सप्लिमेन्ट्रीमा करिब १२ वर्षदेखि काम गर्दै आएको ट्रु डर्मा एसएस प्रालिले ‘पार्लर रेन्ज’मा ‘ट्रुमी ’ ब्रान्डका सौन्दर्य सामग्री नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगायतका रेन्जमा बजारमा ल्याएको हो ।   

ट्रु डर्मा एसएसका प्रबन्ध निर्देशक सुशान्त मुरारकाले सेवाग्राहीको चाहनाअनुसारको चम्किलो र चिल्लो कपाल होस्, कपाल नझरोस् भनेर रिसर्च एन्ड डेभलपमेन्टअन्तर्गत करिब डेढ वर्ष अध्ययन गरेर राम्रो परिणाम देखिएपछि मात्र यो उत्पादन बजारमा ल्याएको बताए । उनले भने, ‘अमेरिकन प्रविधिमा आधारित यी सौन्दर्य सामग्रीको गुणस्तरमा हामी विश्वस्त छौँ ।’ ट्रु मीका उत्पादन  केमिकलरहित भएकाले सेवाग्राहीका आँखा, छाला र कपाललाई कुनै असर नपार्ने प्रबन्ध निर्देशक मुरारकाले बताए ।  

यो उपचारले कर्ली कपाललाई स्ट्रेट बनाउन मद्दत गर्ने जनाइएको छ । केराटिन कपाललाई शक्ति प्रदान गर्नुका साथै कपाल चिल्लो र चम्किलो बनाउने एक प्रकारको प्रोटिन भएको कम्पनीको भनाइ छ । केराटिन स्याम्पो र हेयर सेरम आफैँले पनि प्रयोग गर्न सकिने भए तापनि केरोटिन उपचार प्रायः पार्लरहरूमा धेरै प्रयोग हुने गरेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार