अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पाणिनी गाउँपालिका–१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए । तीन बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन् । 

पहिराेमा परेर १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । सचिन रास्कोटी सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । 

लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घर पुरिएको स्थानीय माधब पौडेलले जानकारी दिए । 
 

सुझावित समाचार