पहिराेले गोरुसिंगे - सन्धिखर्क सडक अवरुद्ध

शनिबार, १६ असार, २०८०
डिजिटल संस्करण

अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ ।  सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । 

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखोला र शीतगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख प्रनाउ रिजालले जानकारी दिए ।  सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बीचमै रोकिएका छन् ।

सुझावित समाचार