सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सांसदहरुलाई सरकारलाई संसदप्रति जवाफदेही बनाउन भुमिका खेल्न आग्रह गरे।
५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै सभामुख घिमिरेले महिलालाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्नेमा जोड दिए। सरकारले ऐन, कानुनको प्रभावकारी कार्यान्वयन गरे–नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै उनले यसतर्फ पनि ध्यानाकर्षण गराए।
‘सरकार संसदप्रति उत्तरदायी बनाउनका लागि प्रतिपक्षले संसदमा भनिरहँदाखेरी सरकारप्रति जवाफदेहीपूर्ण व्यवहार गर्नका लागि हामीले कस्तो तरिका अपनाउनुपर्छ ? हाम्रा परिपाटीहरु के छन् ? हामीले तय गरेका विद्यमान ऐन, कानूनहरुले कत्तिको पर्याप्तता राख्छन् ? र त्यसलाई कार्यान्वयन गर्नका लागि बनाइएका विधिहरु, नियमावलीहरु, निर्देशिकाहरुले कति कामहरु गरेका छन् ? यसको यो बेलामा समिक्षा हुनु जरुरी छ,’ घिमिरेले भने।