मोबाइल चोरी भएमा...

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

- डिजिटल भुक्तानीको अहिलेको समयमा स्मार्टफोनको सुरक्षा निकै महत्वपूर्ण हुन्छ । मोबाइल फोन चोरी भएमा सतर्क रहनुपर्छ । किनकि, चोरले तपाईंको बैंक डिटेल्स लिन सक्छ । र, त्यहीँबाट पैसा चोरी गर्न सक्छ । त्यसैले आफ्नो फोनमा रहेका डाटाको गलत प्रयोग नहोस् भन्नका लागि केही कुरामा सतर्क हुन जरुरी छ । 

- फोन हराउनासाथ आफ्नो नम्बर दुरुपयोग नहोस् भन्नेमा सतर्क रहनुपर्छ । त्यसका लागि तत्कालै सिमकार्ड ब्लक गर्नुपर्छ ।

- फोन हराइसकेपछि सम्बन्धित बैंकमा जानकारी दिएर मोबाइल बैंकिङ सेवालाई पनि बन्द गराउनुपर्छ । ई–मेल तथा सामाजिक सञ्जालको पासवर्ड तत्कालै परिवर्तन गर्नुपर्छ । 

- पुलिसमा उजुरी दिनका लागि ढिलाइ गर्नुहुँदैन । 

See More On

सुझावित समाचार