रथले हाइटेन्सन तार छुँदा ६ जनाको मृत्यु, १५ घाइते

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण
रथले हाइटेन्सन तार छुँदा ६ जनाको मृत्यु, १५ घाइते

प्रतिकात्मक तस्बिर

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा एउटा रथ ओभरहेड हाइटेन्सन तारसँग छोइँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

घटना त्रिपुराको राजधानी सहर अगरतलाबाट एक सय २० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा बुधबार भएको हो। अधिकारीहरूका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका वेला दुर्घटना भएको हो।

घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

सुझावित समाचार