३ प्रश्न

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले मुद्दा दायरको तयारी गर्नुलाई के भन्नुहुन्छ ? 
ढिलै भए पनि बालुवाटारस्थित ललितानिवास क्याम्पको जग्गा हिनामिनाको घटनामा प्रतिवादीहरू पक्राउ गरेर अनुसन्धान प्रक्रियालाई अघि बढाइनु सकारात्मक छ । हामीले अख्तियार र सिआइबीबाट अनुसन्धान गर्न सिफारिस गरेका थियौँ । अख्तियारले मुद्दा दायर गरिसकेको छ । सिआइबीले पनि विस्तृत अनुसन्धान गरेर मुद्दा दायर गर्नुपर्छ । 

सिआइबीले किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ, यसमा कसरी किर्ते भएको थियो ? 
जग्गा हिनामिनाका लागि धेरै कागजात किर्ते भएका छन् । सक्कली कागपत्र हटाउने र नक्कली राख्ने काम भएको छ । हुँदै नभएका मोही कायम गरिएका छन् । कुत बुझाएका नक्कली रसिद तयार गरिएका छन् । सार्वजनिक जग्गालाई व्यक्तिको भन्नु पनि एउटा किर्ते काम नै हो । 

यसमा राजनीतिक नेतृत्वको  संलग्नता कसरी भएको छ ? 
यसमा उच्च तहसम्मको राजनीतिक नेतृत्वको ‘कनेक्सन’ छ । तत्कालीन प्रधानमन्त्रीहरूसम्म यसमा जोडिएका छन् । पहिला पनि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएकामा महान्यायाधिवक्ताले रोकेका थिए । मैले बुझेअनुसार सिआइबीले पहिले नै यसमा विस्तृत अनुसन्धान गरिसकेको छ । अब, कसरी अभियोजन गर्छन् भन्ने नै मुख्य विषय हो । गहन अनुसन्धान हुन सकेमा यस प्रकरणमा धेरै विषय बाहिर आउँछन् । भूमाफिया, कर्मचारी र नेताको त्रिपक्षीय सञ्जालबाट भएको अपराध हो यो । त्यसकारण अहिलेको अनुसन्धानले राजनीतिक नेतृत्व तथा कर्मचारीको संलग्नताको पर्दाफास गर्नेछ भन्ने विश्वास छ । 
 

सुझावित समाचार