रास्वपाको अवरोधपछि १५ मिनेटका लागि संसद् स्थगित

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय सच्याउन माग गर्दै संसद् बैठक अवरोध गरेको छ। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अवरोध गरेको हो। 

बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजिएको भन्दै यस्तो नियन्त्रण कदापि स्वीकार्य नहुने बताए। 

उनले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरे। उनले निर्णय नसच्याएसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने बताए। 

उनले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर व्यवस्था र नयाँ राजनीतिक पार्टीहरूमाथि षड्यन्त्र गरिएको बताए। उनले अर्थमन्त्रीलाई सो निर्णय फिर्ता लिन तत्काल रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरे। प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ।

सुझावित समाचार