दिव्यश्वरी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरेको छ । हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्तिका लागि कम्पनी र क्याटिलबीच सम्झौता भएको हो ।

सम्झौतामा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठ र मार्केटि डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेको जनाइएको छ । 

त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरका अध्यक्ष दधिराम निरौला र बुद्घकृष्ण मानन्धरले हस्ताक्षर गरेको उल्लेख छ । उक्त हकप्रद सेयर विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारणसभामा सिफारिस गरिएको कम्पनीले जनाएको छ । 

सुझावित समाचार