पशुपतिनाथको जलहरीमा राखिएको सुन झन्डै एक सय साढे सात केजी

आधाकेजी सुन तलमाथि

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

पशुपतिनाथको जलहरीमा राखिएको सुन झन्डै एक सय साढे सात केजी भएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा साेमबार बिहान २ बजे गरिएको नापतौलमा  १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काँटीमा १.०३७५  केजी सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरी २२ क्यारेटको १०८ केजी जलहरीमा प्रयोग भएको थियो ।

तर, जर्ती तथा दिनहुँ दही तथा जलले नुहाइदिँदा झन्डै आधा केजी सुन तलमाथि भएको भेटिएको कोषले जनाएको छ । तर, यसमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पुष्टि गरेको कोषको भनाइ छ।

See More On

सुझावित समाचार