चट्याङ लागेर एकजनाको मृत्यु, एक घाइते

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर आज अपराह्न एकजनाको ज्यान गएको छ। 

पालिकाको वडा नम्बर ९, देउबुजेमा अपराह्न मेघ गर्जनसहित आएको पानीसँगै चट्याङ परेको थियो। सो चट्याङ लागेर ३२ वर्षीय नवीन मोक्तानको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

चट्याङ पर्दा मोक्तान घरमै थिए। तर, घरमै चट्याङ परेकाले उनलाई लागेको थियो। उनको घटनास्थलमा नै ज्यान गएको प्रहरीको भनाइ छ।

यसअघि आजै चट्याङ लागेर राक्सिराङ गाउँपालिकाको वडा नम्बर ८ मा एकजना पुरुष घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

सुझावित समाचार