पशुपतिनाथको जलहरी निकालियो, केहीबेरमा जोखिने

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी निकालेर सफा गरिएको छ। मन्दिर परिसरमा अब केहीबेरपछि नै जलहरी जोख्ने तयारी छ।

जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिर परिसर पुगेको छ। 

पशुपतिनाथ मन्दिरमा पहिले चाँदीको जलहरी थियो। चाँदीको जलहरी पुरानो भएपछि करिब तीन वर्षअघि केपी ओली नेतृत्वको तत्कालीन सरकारले चाँदीको स्थानमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो। 

त्यसका लागि एक सय तीन किलो सुन खरिद गरिएको थियो। तर, जलहरी राख्न एक सय तीन किलो सुन खरिद गरिएको भनिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो। साथै, अख्तियारमा समेत उजुरी परेको थियो। 

See More On

सुझावित समाचार