वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको बताएका हुन्।
मनत्री महताेले बजेट वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षरोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकूलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक रूपमा विकास गर्ने गरी प्रस्ताव गरिएको स्पष्ट पारे।
‘काठको उत्पादन गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको छ,’ उनले भने, सामुदायिक वन, साझेदारी वन, सरकारद्वारा व्यवस्थित वनहरूमा शिल्पीकल्चरमा आधारित रहेर वनको दिगो व्यवस्थापन गर्दै काठ, दाउरा उत्पादनका लागि प्रदेश सरकारमार्फत कार्यान्वयन गर्ने गरी ससर्त अनुदानको व्यवस्था गरिएको छ।’
मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए। निजी जग्गामा रहेका रूख, बिरुवा कटान गरी कृषि बालीसरह ओसारपसार गर्न पाउने गरी व्यवस्था गरिएको उनको भनाइ छ।