नागरिकका असन्तुष्टि जनप्रतिनिधिका गतिविधिमा निर्भर : नेता सिंह

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकका असन्तुष्टि जनप्रतिनिधिका गतिविधिमा निर्भर भएकाले जनप्रतिनिधिहरू थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।

शनिबार नागार्जुन नगरपालिकाको नगरसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। अहिले काम गर्नेभन्दा हल्ला गर्नेहरूको माहोल  बन्दै गएको भन्दै उनले यसले समाज कता जाँदै छ भन्ने सोच्नुपर्ने वेला आएको टिप्पणी गरे।

नेता सिंहले एकथरि मानिसहरूले देशमा केही भएन भनेर गलत भाष्य स्थापित गर्न खोजेको दाबी गरे। हुनुपर्ने जति उपलब्धि नभएको स्विकार्दै उनले भएका उपलब्धिकोसमेत अवमूल्यन गरिएको बताए।

सुझावित समाचार