अबिरल वर्षापछि खसेको पहिरोले कान्ति लोकपथ अवरुद्ध

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

अविरल वर्षापछि खसेको पहिरोले कान्तिप लोकपथ अवरुद्ध भएको छ। हेटौँडा र काठमाडौं जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडानजिक पहिरो खस्दा उक्त सडक खण्ड बन्द भएको हो।

पहिरोका कारण उक्त सडक खण्ड भएर चल्ने यातायातका साधनहरू ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। पहिरोका कारण हेटौँडाबाट काठमाडौंतर्फ र काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेका सवारीसाधन जाममा परेका छन्। 

काठमाडौंबाट कान्ति लोकपथ हुँदै हेटौँडातर्फ आउने सवारीसाधनहरूलाई ललितपुरको भट्टेडाँडा प्रहरी चौकी र हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीसाधनहरूलाई मकवानपुरको ठिंगन प्रहरीले ठिंगनमा रोकेको प्रहरीले जनाएको छ। वर्षा भइरहेकोले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार