छुट्टाछुट्टै घटनामा दार्चुलामा दुईजनाको मृत्यु

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

दार्चुलामा दुई छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुईजनाको मृत्यु भएको छ । दुहुँ गाउँपालिका– २ हिकिलाका ४६ वर्षीय वीरसिंह बडाल व्याँस गाउँपालिका– ३ फताङगाड खोलामा मृत भेटिएका छन्।

केही दिनदेखि घरबाट बेपत्ता रहेका बडालको शुक्रबार खोला किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै लेकम गाउँपालिका– ३ मक्कनामा सर्पले टोक्दा एक युवतीको ज्यान गएको छ। घरमै सुतेको वेला शुक्रबार बिहान हेमन्ती जोशीको सर्पले टोकेर ज्यान गएको स्थानीय वासुदेव जोशीले जानकारी दिए।

कृष्ण मावि लालीमा कक्षा १२ मा अध्ययनरत छात्रालाई सर्पले टोक्नेबित्तिकै अस्पताल पुर्याउन नसक्दा ज्यान गएको हो।

सुझावित समाचार