सनराइज बैंकद्वारा अंगभंग भएका २० जनालाई कृत्रिम अंग प्रदान

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

सनराइज बैंकले मधेस प्रदेशको वीरगन्जमा अंगभंग भएका २० जनालाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ।

रोटरी क्लब वीरगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछकुमार यादवले सिएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगन्ज शाखा प्रमुख केदार सिंहको उपस्थितिमा रोटरीका कार्यक्रम संयोजक डा. शाश्वत प्रसादलाई रु. दुई लाख ७५ हजारको चेक हस्तान्तरण गरे।

उक्त रकमले अंगभंग भएका २० जनालाई निःशुल्क कृत्रिम अंग प्रदान गरिएको हो। कृत्रिम अंग प्राप्त गरेकाहरूले खुसी हुँदै सहयोगका लागि सनराइज बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए। 

सुझावित समाचार