रुरु क्षेत्र गाउँपालिकाले प्रत्येक वर्ष २० पोखरी खन्ने, २५० पिपल रोप्ने

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

गुल्मीको रुरु क्षेत्र गाँउपालिकाले आगामी आर्थिक वर्षदेखि प्रत्येक वर्ष २० पोखरी निर्माण गर्ने र दुई सय ५० पिपलका बिरुवा रोप्ने भएको छ।

१४औँ गाउँ सभामा गाउँपालिका प्रमुख यदु ज्ञवालीले पेस गरेको आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रममा चार वर्षभित्र एक सय आठ पोखरी र एक हजार आठ पिपलका बिरुवा रोप्ने उल्लेख गरिएको छ।

सुझावित समाचार