शुक्रबार बिहानको हावाहुरीले पश्चिम चितवनको भरतपुरमा क्षति पुर्याएको छ। भरतपुर– १३ को उज्ज्वलनगर र ब्रह्मपुरी क्षेत्रमा घर तथा कुखुराका खोरमा क्षति पुर्याएको वडाध्यक्ष प्रकाश दवाडीले बताए।
.jpg'_'.2023-06-23.jpg)
उनका अनुसार हावाहुरीले तीनवटा घरको छानाे उडाउनुका साथै भित्तामा समेत क्षति पुगेको छ। क्षतिको विवरण आउने क्रम जारी छ। उनले राहतका लागि लागत संकलन गरेर महानगरमा पठाउने काम भइरहेको जानकारी दिए।
.jpg'_'.2023-06-23.jpg)
हावाहुरीका कारण वडामा दर्जनभन्दा बढी बिजुलीका पोलमा क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरण गीतानगर फ्युज शाखाका इन्चार्ज प्रदीप पौडेलले सबै जनशक्तिलाई केन्द्रित गरेर तीव्र रूपमा विद्युत् सञ्चालका लागि काम भइरहेको बताए। उनका अनुसार हावाहुरीका कारण यस क्षेत्रका अन्य वडामा समेत बिजुलीको पोलमा क्षति पुगेको छ।
.jpg'_'.2023-06-23.jpg)
.jpg'_'.2023-06-23.jpg)
.jpg'_'.2023-06-23.jpg)
.jpg'_'.2023-06-23.jpg)
.jpg'_'.2023-06-23.jpg)
.jpg'_'.2023-06-23.jpg)
.jpg'_'.2023-06-23.jpg)
तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका