सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता राख्दैन : कृषिमन्त्री भुसाल

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता नराख्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिको बैठकमा मन्त्री भुसालले नेपालमा फलफूल उत्पादन र उत्पादन सरकारले खरिद गर्नुपर्ने कुरा उठेको उल्लेख गर्दै सरकारले खरिद गर्न नसक्ने बताएका हुन्। सरकारले उत्पादन खरिद गर्ने भए व्यापार गर्नुपर्ने उनको तर्क छ।

‘नेपालमा फलफूल उत्पादन तथा उत्पादन खरिदका कुराहरू आइरहेका छन्। उत्पादन खरिद गर्ने कुरा मनोगत कुरा हो। अहिले हामी त्यो क्षमता राख्दैनौँ,’ उनले भने, ‘त्यो गर्दा सरकारले व्यापार गर्न थाल्नुपर्यो। त्यसमा सरकारले व्यापार गर्ने कि नगर्ने भन्ने हुन्छ। यो सम्भव छैन।’

मन्त्री भुसालले सरकारले उत्पादित वस्तुको समर्थन मूल्य तोक्न मात्रै सक्ने प्रस्ट पारे। सरकारले खारेज गरेको दुग्ध विकास बोर्ड र कपास विकास समितिका विषयमा छलफल भइरहेको उनको भनाइ थियो।
 

सुझावित समाचार