समाजवादी मोर्चालाई प्रभावकारी बनाउन प्रचण्ड र विप्लवबीच भेटवार्ता

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण
समाजवादी मोर्चालाई प्रभावकारी बनाउन प्रचण्ड र विप्लवबीच भेटवार्ता

तस्बिर : गंगा दाहालको फेसबुकबाट ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको सचिवालयले जनाएको छ । 

सुझावित समाचार