१९औँ एसियन खेलकुद प्रतियोगितामा सहभागिता जनाउन नेपालको पब्जी टोलीले मकाउमा छनोट खेल्ने भएको छ।
एसियाडमा सहभागी हुने पाँचसदस्यीय नेपाली टोली मकाउमा प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका छन्।
सुविनकुमार प्रजापतिको नेतृत्वमा रहेको टोलीमा साहस भण्डारी, समीर गुरुङ, दीपेश गुरुङ र संगीन भट्टराई छन्। एसियाली खेलकुद छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टोलीले भाग लिनेछन्।
पब्जी मोबाइल २३ देखि २६ जुनसम्म हुनेछ। सदस्य–सचिव घिसिङले नेपालमा पनि ई–स्पोर्टस्को लोकप्रियता बढ्दै गएको बताए। उनले परिषदमा दर्ता भएका अन्य खेललाई जस्तै यस खेललाई पनि अभिभावकत्व प्रदान गर्ने जनाए।