मानो रोपेर मुरी फलाउन कम्मर कस्दै किसान

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

यस वर्षको मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ। मंगलबार ललितपुरको भैँसेपाटी– १८ मा किसानले हर्षाेउल्लासका साथ रोपाइँ सुरु गरेका छन्।

कोसी, बागमती र गण्डकीमा यस वर्षको मौसम लगभग निर्धारित समयमै भित्रिए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अझैसम्म वर्षा सुरु भएको छैन। अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ। सिँचाइको सुविधा नपुगेका क्षेत्रमा रोप्नका लागि राखिएको बिउ सुकेको छ। 

सुझावित समाचार