घामजस्तै छर्लंग घटनामा न्यायको भिख माग्नु दुःखद : प्रेम चलाउने

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यबद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमबार साँझदेखि धर्नामा बसेका छन्। 

धर्नास्थलमा वैशाखी टेकेर पुगेका उनले घामजस्तै छर्लंग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताए। उनले आफू पीडित हो कि होइन भन्ने कुरा अदालतले भन्नुपर्ने बताए। 

अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताउँदै उनले मुद्दा फिर्ता लिनुले सरकार अपराधीको पक्षपोषणमा लागेको दाबी गरे। उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभूति भएको बताए। 

सुझावित समाचार