प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको नाम छुटाई ल्याएको विनियोजन शीर्षकमाथि छलफल हुन नसक्ने अडान एमालेका सांसद सूर्य थापाले राखेका थिए।
यता सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले रुलिङ गरेपछि अगाडि बढाउन आग्रह गरेका थिए। यस विषयमा सभामुख देवराज घिमिरेले स्पष्ट पार्न सहरी विकासमन्त्री सीता गुरुङलाई समय दिएका थिए। मन्त्री गुरुङले सो प्रदेशको नाम छुटेको भए सच्याउने प्रतिबद्धता व्यक्त गरे पनि त्यसमा एमालेका सांसद थापाले सहमति जनाएनन्।
संविधानविपरीत ढंगले प्रदेशको नाम छुटाएर आएको सो विनियोजन शीर्षकमाथि छलफल हुन नसक्ने थापाको अडानपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थागित गरिएको हो।