होटेलमा प्रहरीको सर्च अपरेसन, सञ्चालकसहित पाँच महिला पक्राउ

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

लमजुङको सदरमुकाम बेँसीसहरका विभिन्न होटेलमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले होटेल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको छ । 

बेसीँसहर नगरपालिका– ८  स्थित होटेल हिमशिखर र ताप्लेजुङ तोङ्वा एन्ड सेकुवा कर्नरबाट प्रहरीले सञ्चालकसहित युवतीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेका युवतीलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसुरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद थप गराई उनीहरूमाथि अनुसन्धान सुरु गरिएको लमजुङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

सुझावित समाचार