‘हनी–हन्टर’लाई पछ्याउँदा [भिडियाे]

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

कहालीलाग्दो भिरमा डोरीको सहाराले झुन्डिँदै भिरमौरीको मह काढिरहेको दृश्य हेर्दै डरलाग्दो देखिन्थ्यो । भिरको कोप्चाबाट मह काढिसकेपछि भुइँमा नझरोस् भनेर छेउमै चोयाको टोकरी राखिएको थियो । हेर्नेहरू आत्तिएका थिए, तर ‘हनी–हन्टर’हरू भने खुसी देखिन्थे ।

जेठको अन्तिम साता भोटेकोसी किनारको जोमभिरमा भिरमह काढिरहेका थिए, विक्रम खड्का । उनीसँगै थिए पाल्देन शेर्पा । उनीहरूसँगै थिए ६ जना अन्य सहयोगी पनि । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका विक्रमले यस्तै कठिन भिरमा मह काढ्न थालेको २६ वर्ष बितिसक्यो । उनी हरेक सिजनमा मह काढ्न यस्तै भिर चढ्छन् ।

बाँकी पढ्नुहाेस्...

सुझावित समाचार