अनेमसंघ बागमती प्रदेशको अध्यक्षमा विमला शर्मा

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

अखिल नेपाल महिला संघ बागमती प्रदेशको अध्यक्षमा विमला शर्मा निर्वाचित भएकी छिन्।

आइतबार सम्पन प्रदेशको सम्मेलनले शर्माको अध्यक्षतामा ८६ सदस्यीय कमिटी निर्वाचित गरेको केन्द्रीय प्रचार विभाग प्रमुख कालिका पाठकले जानकारी दिइन्।

सम्मेलनले उपाध्यक्षमा अन्नपूर्ण बस्नेत र ज्ञानु पाण्डे, सचिवमा शान्ता राई, उपसचिवमा उर्मिला खड्का र कोषाध्यक्षमा शोभा सापकोटालाई निर्वाचित गरेको छ।

बागमती संयोजक शारदा कुमालको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गरेका थिए। सम्मेलनमा स्थायी कमिटी सदस्य सीता पौडेल, अनेमसंघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाललगायतले मन्तव्य राखेका थिए।

सुझावित समाचार