३ प्रश्न

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

के आधारमा समाजवादी मोर्चा बनाउँदै हुनुहुन्छ ? 
संघीय शासन प्रणालीमा आधारित समाजवादमा जाने भन्ने अभिप्राय राखेर हामीले समाजवादको नेपाली बाटो अवलम्बन गर्ने भनेका छौँ । समाजवादको नेपाली बाटो भनिसकेपछि हामीले आफ्नो मौलिक बाटो बनाएर अगाडि बढ्नुपर्छ । यसको मुख्य मान्यता भनेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, लोकतन्त्र, संविधानको रक्षा, विकास र परिमार्जन, आर्थिक, सामाजिक रूपान्तरण आदि हुन् । 

मोर्चा मात्रै हो कि पार्टी एकताकै अभ्यास हो यो ? 
पार्टी एकताको कुरा विविध रूपमा उठिरहेकै छ । एउटै चुनावचिह्नमा निर्वाचन लड्नुपर्छ भन्ने बहस पनि उठेको छ । यी सबै सम्भावना भविष्यकै गर्भमा छन् । अहिले हामी त्यता पुगेका छैनौँ । खाली वर्तमान सरकारलाई अगाडि बढाउने र भविष्यमा एकाकार भएर जाने आधार निर्माण गर्दै अघि बढ्ने भन्ने हो । अहिलेसम्म प्राप्त उपलब्धि रक्षा गर्दै थप उपलब्धि प्राप्तिका लागि लड्ने हो । 

तपाईंहरूको मोर्चामा एमाले अट्छ कि अट्दैन ? 
एमाले त कसरी अट्न सक्छ र ? विगतमा एमालेले दुई–दुईपटक संसद् विघटन गरेर संविधान, लोकतन्त्र र संघीयतालाई समस्यामा पार्यो । देशलाई प्रतिगमनको दिशामा लान खोज्यो । चुनावपछिको स्थितिमा पनि रास्वपा र राप्रपासँग एमालेको अघोषित मोर्चा बनेकै छ । त्यस्तो अवस्थामा एमाले यो मोर्चामा आउने कुरै भएन । अहिले उहाँहरूका लागि यो मोर्चामा ठाउँ छैन । नीति, विचार र मुद्दा मिल्ने दलहरू मात्र यसमा समेटिन्छन् ।

सुझावित समाचार