चित्रकलाले बनाउँछ सिजर्नात्मक

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

बालबालिकालाई पेन्टिङ सिकाउँदा उनीहरूको समग्र विकासमा फाइदा पुग्छ । आँखा र हातबीचको संयोजन राम्ररी विकास हुन पाउँछ । भावनात्मक बौद्धिकता, आत्मजागरण र आत्मविश्वास वृद्धि गर्छ । धैर्यशील बन्न सहयोग गर्छ । ध्यानशक्ति विकास हुन्छ । 

उनीहरूलाई वेला–वेला चित्रकला प्रदर्शनीमा लैजानुपर्छ, त्यहाँ प्रत्यक्ष रूपमा चित्रकलाको भावलाई बुझ्न र अनुभूत गर्न सकिन्छ । चित्रकलाका पारखीहरूसँगको भेट र अन्तक्र्रियाले उनीहरूलाई सामाजिक बन्न र टिमवर्कमा विश्वास गर्न सिकाउँछ । कला र संस्कृतिप्रति सम्मान भाव बढाउँछ । 

फुर्सदको समय चित्र कोर्ने बानी बसाल्दा तनाव कम हुन्छ र दिमागले नकारात्मक कुराहरू सोच्न पाउँदैन । चित्रकला अभिव्यक्तिको एक सशक्त स्वरूप हो । यसले मानिसलाई उनीहरूको भावना र विचार अभिव्यक्त गर्न सहयोग गर्छ । रङको आफ्नै अर्थ र भाव हुन्छ । त्यसले मनलाई ऊर्जाशील र रचनात्मक बनाउँछ । 

स्वतन्त्रताको प्रत्याभूति दिलाउँछ । मस्तिष्कलाई वर्तमानसँग जोड्छ र त्यसैमा घोत्लिन प्रेरित गर्छ । चित्रकलाले समस्या समाधान गर्ने सीपलाई पनि बढावा दिन्छ । त्यस्तै, आत्मशान्ति, आत्मसम्मान र आत्मविश्वास बढाउँछ । 

सुझावित समाचार